महेन्द्र कौशल। ११२ औं अन्तराष्ट्रिय नारि दिवसको दिन गुल्मी मुसिकोट नगरपालिका इन्द्रेगौंडामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । शिद्धेश्वर आमा समुहको आयोजनामा शिद्धेश्वर आमा समुहको नवनिर्मित तिन कोठे भवन ऊद्घाटन , बरदान सामुदायिक चिकित्सालय तथा शहरी स्वास्थ्य केन्द्रको वार्षिकोत्सब सहित संयुक्त तिन कार्यक्रम एकैसाथ सम्पन्न भएका हुन। प्रदेश सरकारबाट दश लाख र मुसिकोट नगरपालिका देखी सात लाख र स्थानिय दानविरबाट आर्थिक संकलन गरि निशुल्क जग्गा कुल पच्चिस लाख लागतमा निर्मित शिद्धेश्वर सामुदायिक महिला भवन तथा कृर्षी उपज संकलन केन्द्रको मंङ्गलवार लुम्बिनि प्रदेशका साभाशद खड्ग केसिको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा ऊद्घघाटन भएको हो।
कार्यक्रमका प्रमुख तथा लुम्बिनि प्रदेशका साभाशद खड्क केसिले पहिलेका महिलामा हुने भेदका कुरा उठान गर्दै आफुले भोगेका कुरा जनता माझ साटेर सोहि नबनिर्मित भवनको उद्घाटनमा आफु प्रमुख आतिथ्यता ग्रहण गर्न पाँउदा खुसी ब्यक्ति गर्नुभएको थियो।
महिला समुहकी अध्यक्ष सरस्वति भन्डारीको सभाअध्यक्षतामा सन्चालन भएको कार्यक्रममा पुतली भण्डारीले स्वागत मनतब्य राख्नुभएको थियो। त्यसैगरि विशिष्ट आथित्यतामा मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटा, प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल , वडा नं ५ का वडाअधक्ष भागिरथ खरेल नेपाली काङ्ग्रेस जिल्ला सदस्य धिरेन्द्र केसी ,नेकपा एमाले जिल्ला सदस्य जिवन खरेलको ऊपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन पार्वती भन्डारिले गर्नुभएको थियो।
सोहि अवसरमा वरदान सामुदायिक चिकित्सालय तथा जनस्वास्थ्य केन्द्रको वार्षिकोत्सब समेत मनाईएको थियो । अव यस स्वास्थ्य संस्था तत्काल बर्थिङ सेन्टरको रूपमा विकास गर्ने र भोलिका दिनमा थप दरवन्दिको व्याबस्था गर्दै नगरकै एऊटा सुबिधा सम्पन्न अस्पतालका रूपमा लैजाने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारि दिनुभएको थियो।
सोहि कार्यक्रममा वडा प्रमुख भागिरत खरेलले नवनिर्मित भवन बनाउदाका दुख कष्ट सबै माझ साट्दै देकेदारले ठेक्का नसम्झि ज्यालामै आफ्नो घर जस्तै गरि बनाएको भनेर ठेकेदारलाइ हौसला प्रदान गर्दै महिला हिंसा र अहिलेको विभिन्न भेदका बारेमा ताजा गराउनु भएको थियो।
वरदान संस्थाका संस्थापक निर्देशक तथा नेकपा एमाले जिल्ला सदस्य एवम् मुसिकोट नगर इन्चार्ज जिवन खरेलले बरदान सामुदायिक चिकित्सालय बनाउदाका चुनौती सबैमाझ साट्दै पहिले स्वास्थ्य समस्या हुँदा सिटामोल नपाइंदा आज केहि हद सम्म प्राथमिक उपचार सम्म गर्ने संस्था खडा गर्दा र सबैले उत्तिकै साथ र माया रहँदा काम ठुलो बनाउने र आफु कहिले ठुलो महसुस गर्ने छैन जस्ता कुराहरु आफ्ना मन्तव्यमा प्रस्तुत गर्नुभएको थियो।
बरदान संस्थाका बोर्ड सचिव रमेशचन्द्र खरेलद्वारा महिला समुहको तिन कोठे नबनिर्मित सामुदायिक भवनको अहिले सम्मको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै नबनिर्मित भवन उद्धाटन गर्न सम्म परेका चुनौतीका कुरा खोल्नु भएको थियो।
कार्यक्रममा पत्रकार विभिन्न राजनैतिक दलका प्रतिनिधी, ब्यापारि आदि ऊल्लेखनिय व्याक्तिहरूको ऊपस्थिती रहेको थियो । सोहि अवसरमा भवन निर्माण गर्ने निर्माण ब्यावसायि दल ब. बिक , उक्त भवन निर्माण गर्नको लागि निशुल्क जग्गा प्रदान गर्ने कुश्माखर खराल , रतनलाल खराल र चन्दा दिने चन्दादातालाई फुल माला टिका लगाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। इन्द्रेगौंडा बजार वरिपरि नारा लगाई प्रभातफेरि कार्यक्रम गरेर ११२औं अन्तराष्ट्रिय नारि दिवस मनाईएको थियो । सोहि अवसरमा घिरेन्द्र किसि , डिल ब अधिकारी ,पानकुमारि बिक , सुधा खरेल सुर्यमुर्ति खरेल आदि बिशिष्ट ब्याक्तिले मन्तब्य राख्नुभएको थियो ।










