
बिनोद निगम / २४ फागुन / नवलपरासी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । उम्मेदवारी घोषणासँगै मतदातामाझ भेटघाट गर्ने र आफ्ना चुनावी एजेन्डाहरु राख्नेक्रम सुरु भएको छ ।
यसैक्रममा नेकपा माओवादीका युवा नेता धनपाल चौधरीले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – १ को वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आगामी बैशाख ३० गते हुने चुनावका लागि वडा नम्वर १ को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । समाजसेवामा सक्रिय चौधरीले आफुनो उम्मेदवारी स्थानीयबासीको दुखमा साथ दिनका लागि भएको बताउनुभएको छ ।
स्थानीय वडाको विकास, सम्बृद्धि र स्थानीयबासीको पीरमर्का र समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो ।