
सुरेश यादव,नवलपरासी / फागुन २० । पश्चिम नवलपरासीमा आज २ लाख ४९ हजार ७ सय मुल्य बराबरकाे अबैध मालसामान नवलपरासी प्रहरीले जिल्लाकाे विभिन्न स्थान बाट बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयाे ।
भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे अन्दाजी १ लाख २४ हजार मुल्य बराबरकाे १२४० पिस विभिन्न माेबाईलका कभर प्रहरी चाैकी गेरमीबाट खटिएको प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लुक्पुरवा स्थितबाट बरामद गरेको छ । उक्त माेबाईल कभर माेटरसाईकलमा ल्याउदै गर्दा प्रहरी टाेलीलाई देखि सामान फाली माेटरसाईकल सहित मानिस भागेकाे सुचना अधिकारी शाहीले बताउनुभयो ।
त्यसैगरी भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे १ लाख २५ हजार ७ सय मूल्य बराबरको बाेईलर कुखुरा,माछा तथा विभिन्न मालसामान सिमा प्रहरी चाैकी महेशपुरबाट खटिएको प्रहरी टाेलीले बरामद गरेकाे छ । जसमा ६१ हजार ९ सय मूल्य बराबरकाे सजावटका सामान तथा १०० केजी घाँसकाे बीउ पाल्हिनन्दन गाउँपालिका वडा नं २ स्थितबाट प्रहरीले बरामद गरेकाे हाे भने ३५ हजार मूल्य बराबरकाे १४० केजी माछा पाल्हिनन्दन गाउँपालिका वडा नं १ बड्की सुनरी स्थितबाट बरामद गरिएको हाे ।
त्यसैगरी भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्यादै गरेकाे अन्दाजी २८ हजार ८ सय मूल्य बराबरकाे बाेईलर कुखुरा सिमा प्रहरी चाैकी महेशपुरबाट खटिएको प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं १ झरही खाेला स्थितबाट बरामद गरिएको छ । उक्त मलसमान,बाेईलर कुखुरा र माछा माेटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टाेलीलाई देखि सामान फाली माेटरसाईल सहित मानिस भागेका थिए ।
बरामद गरिएको बाेईलर कुखुरा र माछा पशु क्वारेन्टाइन महेशपुरकाे राेहवरमा खाल्डो खनी पुरी नष्ट गरिएकाे सुचना अधिकारी शाहीले जानकारी दिनुभयो । अन्य मालसमान आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेकाे प्रहरीले बताएको छ ।