पथरी- आदर्श सर्भिस सेन्टर प्रा.ली द्वारा संचालित ३ दिने आधारभुत फिचर लेखन पत्रकारिता लालिम आइतबार समापन भएको छ। फागुन-१३ देखि १५ गते सम्म संचालित कार्यक्रम पत्रकारिता सम्बन्धि फिचर लेखन तथा अन्तरक्रियामा आधारित थियो। २५ जनाको सहभागीता रहेको उक्त ३ दिने तालिमका प्रमुख प्रशिक्षक यलम्बर टाइम्सका सम्पादक तथा फोनिज इन्चार्ज बिपिन राई रहेका थिए।

पत्रकार कानुन आचारसंहिता सम्बन्धि प्रशिक्षक सेवारो अनलाइनका फिबराज बेघा रहेका थिए।त्यस्तै सह प्रशिक्षक केशब निरौला रहेका थिए। पत्रकारहरुको सीप,ज्ञान, फिचर लेखन तथा क्षेमता अभिबृद्धीका लागि समानुपातिक सामसद कृष्ण कुमारी राईको निर्वाचन क्षेत्रलाई आधार बनाई तालिम दिएको थियो। भने उक्त तालिम ब्यावस्थानका लागि सामसद कोश बिकास अन्तर्गत वजेट छुट्याईएको हो।

आधारभुत ३ दिने पत्रकारिता तालिम वाट फिचर लेखन, आचारसंहिता लाइ मुख्य बिषय मानी तालिम दिइएको थियो।आदर्श सर्भिस सेन्टर प्रा.ली द्वारा संचालित उक्त ३ दिने निशुल्क: तालिममा विशेषगरी पथरी र लेटाङका पत्रकारितामा रुचि राख्ने बिध्यार्थिहरुलाई समेटिएको थियो।

सनिस्चरेको मनोहर होटलमा संचालित ३ दिने आधारभुत पत्रकारिता तालिम आइतबार समानुपातिक सामसद कृष्ण कुमारी राईको प्रमुख आथित्यता र पथरी सनिस्चरे नगरपालिका १ नम्बर वडाकि कार्यबाहक अध्यक्ष रोमान्सि धिमालको विशेष आथित्यतामा समापन भएको हो।

सो समापन समारोहका सभापति रातोकलम डटकमका प्रवन्ध सम्पादक अर्जुन जम्नेली राई रहेका थिए। भने कार्यक्रम लाई सहजीकरण तथा संचालन आदर्श सर्भिस सेन्टर प्रा.लि का प्रवन्ध निर्देशक/अध्यक्ष मौसम लिम्बुले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय