
लेटाङ- स्थानीय तहको निर्वाचन नजिकै गर्दा गत निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिहरुको २ महिना पछी कार्यकाल सकिदै छ। आफ्नो नगर, पालिका, वडाहरुको समग्र बिकासका जिम्मा लिएर गएका जनप्रतिनिधिहरुले चुनाबी घोषणा पत्रमा उल्लेख भए अनुसार काम नगरेको जनगुनासोहरु ब्यापक आउन थालेका छन।
विशेषगरी लेटाङ नगरपालिका ५ नम्बर वडाबाट यस्तै जनगुनासोहरु बढ्दो छ। मिलन चोक देखि सिक्षा बिकास, करम बोटे, मझुवा हुँदै जाते-८ नम्बर वडा लाई जोड्ने सडकको नगरपालिका अन्तर्गत निर्माण योजनाका बजेट नपारेको स्थानीयहरुले बताएका हुन।भने लेटाङ नगरपालिका भित्रका जनप्रतिनिधि मेयर सहित ५ वटा वडामा नेपाली काङ्ग्रेस र ४ वटा वडामा नेकपा एमाले बाट निर्वाचित छन। उक्त सडक खण्ड करिब ६ किलोमीटर रहेको छ।
बाटो निर्माण समिति गठन गरेर करिब २ बर्ष अघि सडक निर्माणका लागि वडा र नगरपालिकाको ध्यानाकर्षण गराउदा समेत त्यसतर्फ मेयर र वडा अध्यक्षले बेवास्ता गरेको उनिहरुको आरोप छ।
निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा लेटाङ-५ नम्बर वडाका जन्ताहरुमा निरासा छाएको छ। स्थानीयका अनुसार नेपाली काङ्ग्रेस बाट निर्वाचित मेयरले बिकास निर्माणका काममा पक्षपात गरेर सडक निर्माण काममा ढिलाई गरेको बताए। जनप्रतिनिधि सबैको साझा हुनुपर्छ। राजनीतिक पार्टी एउटा आस्था हो। बिकास गर्ने काममा कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन। साझा प्रतिनिधि भएपछि लेटाङका समग्र वडाहरुमा समान रुपले बजेट छुट्याईनु पर्छ। नेपाली काङ्ग्रेसका समर्थक र पार्टी सदस्यता भएको टोलको सडकमा कालोपत्रे गर्ने र अन्य पार्टीमा आस्था राख्नेको टोलमा सडक नबनाउने यो त सरासर पक्षपात भयो। “उनिहरुले भने”।
यसरी सडक निर्माणका कामहरूमा ढिलाई हुदा आवात जावतमा स्थानीयहरुले सास्ती खेप्न परेको छ। हिउदमा धुलो बढी फैलिने गरेको कारण स्थानीयहरु विभिन्न रोगका सिकार बन्न पुगेको अधिकाक्ष स्थानियहरुको गुनासो छ। हिउदमा बस्तीभरी धुलो फैलिने र वर्खा याममा झरिका कारण सडकमा आवातजावत गर्न कठिन हुने त्रासले हाल पुन सडक निर्माण समिति “पाथिभरा करम बोटे मजुवा उपभोक्ता समिति” गठन गरिएको बताए।
कुल बहादुर लिम्बूको अध्यक्षतामा सचिब- भिमा तामाङ र जस माया मगर कोषाध्यक्ष रहने गरि ७३ सदस्यीय निर्माण समिति गठन गरेको हो। उक्त समितिले सडक निर्माण कार्यको लागि हालै प्रदेश नम्बर -१ का सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरे लाई योजना खाका सहित बजेट प्रस्ताब बुझाएको उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर लिम्बुले जानकारी दिए।
मन्त्री घिमिरेले विकास निर्माणको काममा ढिलाई भएको स्विकार्दै सो मन्त्रालय आफ्नो क्षेत्रधिकार नपर्ने बताए पनि अन्य मन्त्रालय सङ समन्वय गरेर आफ्नो तर्फबाट योजना पार्न कुनै कसुर नराख्ने बताउनु भएको छ।