लेटाङ- नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीको सचिवालय बैठक विभिन्न निर्णयहरु सम्पन्न भएको छ।मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले आगामी बैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रीत नीति र कार्यक्रम र योजना बारे बृहत् छलफल गर्दै समापन भएको थियो।
लेटाङ नगरपालिका भित्रका अव्यवस्थित बसोबास लाई सुरक्षीत नागरिक आवास कार्यक्रम मार्फत माओवादी केन्द्र लेटाङले तथ्याङ्क संकलन गरि ब्यावस्थापनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ।
कमिटीका १ देखि ९ ओटै वडामा संगठनात्मक गतिविधि र टोल कमिटी, सेल कमिटी गठन लाई प्रथामिक्तामा राखेर संठन बिस्तारलाई तिब्रता दिन नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीले जोड गरेको छ।
आगामी निर्वाचन सम्म साङाठानिक गतिविधि लाई तिब्रता दिएर आफ्नो पक्षमा नतिजा पार्न सोही अनुसारको निती कार्यक्रम जनस्तरमा गर्दै जान प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज कृष्ण लम्साल (अनन्त) ले सबै पार्टी कमिटी लाई अनुरोध गर्नु भएको थियो।










