रामजि प्रजापति , नवलपरासी १० फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेकपा एमाले पार्टी कार्यलय र अनेरास्ववियु सरावल गाउँकमिटीकाे कार्यलय उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले सरावल गाउँ कमिटी अध्यक्ष सुरेश यादवकाे अध्यक्षता तथा पुर्व मन्त्री बैजनाथ चाैधरीकाे प्रमुख अतिथामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले सरावलमा नेकपा एमालेकाे पार्टी कार्यलय र अनेरास्ववियु सरावलकाे कार्यलय उद्धघाटन गरेकाे पाउँदा खुसि ब्यक्त गर्नुभएको थियो । साथै उहाले सरावल नेकपा एमाले मैई भएको बताउदै अाउदाे निर्वाचनमा नेकपा एमालेले सरावलमा विजय हासिल गर्ने बताउनुभएको थियो । उहाँले सरावल का अाम जनसमुदाय र पार्टी कार्यकर्ताहरु सक्रिय भएकाे देखेर खुसि समेत ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी , पार्टी सदस्य कैलाश यादव , दिनेश सहानि , गाेपाल अाले ,अनेरास्ववियु जिल्ला सह संयाेजक सञ्जय माैर्य , अनेरास्ववियु सरावल गाउँकमिटी अध्यक्ष महेश यादव सहित पार्टीको सिर्ष नेताहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन अनेरास्ववियु केन्द्रीय सदस्य तथा नवलपरासीका ईन्चार्ज सुसान्त घिमिरेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय