लेटाङ- पाटी खेत तटबन्धन उपभोक्ता समिती लेटाङको आयोजनामा निरक्षण तथा अवलोकन गर्न लेटाङ पुग्नु भएका १ नम्बर प्रदेश अन्तर्गत यातायात ब्यावस्था बिभाग तथा सुचना संचार मन्त्री उपेन्द्र घिमिरेले केपि ओलि कम्युनिस्ट पार्टीका सदस्य रहेको तर आचरण र ब्यावहारले कम्युनिस्ट नरहेको बताउनु भएको छ।

सनिवार लेटाङ पाटी खेत स्थित माओवादी केन्द्र नगर समिति लेटाङको सहजीकरण तथा समन्वयमा सम्पन्न उक्त औपचारिक कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा दुर्गा प्रसाईं, केपि ओलि र मोति दुगड वास्तविक कम्युनिस्ट पार्टीको सदस्य नभएको दाबी गर्नु भएको हो।

कम्युनिस्ट पार्टीका सदस्य भएर निर्वाचित जनप्रतिनिधि सबैको साझा हुनुपर्छ।कसैले पक्षपाती हिसाबले काम गर्न हुन्न।त्यो मान्यता लाई सिरोपर गर्नु पर्छ र वास्तविक कम्युनिस्ट हुन सिक्नुपर्छ वहाँले भन्नू भयो।

तटबन्धन र पाटी खेतको अवलोकन गर्न र स्थानीय जन्ता सङ साक्षत्कार गर्न पुग्नु भएका मन्त्री घिमिरे आफुले जन्ता सङ बाचा गरेको कामहरु छिट्टै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ। लेटाङ देखि लामिटार सम्म जोड्ने तटबन्धन निक्कै प्रयासका वाबजुद पनि कोभिड-१९ कारण असफल भएको बताउनु भएको छ। भने ती बाकी रहेका कामहरु आफु मन्त्रीमा रहे वा नरहे पनि योजनालाई आगामी आर्थिक बर्षमा बजेटको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

यसैगरि बगुवा र पार्टी खेत लाई जोड्न झुलुङ्गे पुल निर्माणका लागि १५ लाख रुपैया बजेट स्वीकृत भइ सकेर ठेक्का प्रक्रिया पछी तत्काल निर्माणको काम सुचारु हुने पनि जानकारी दिनु भएको हो।बिभागिय हिसावले बिकास निर्माणका काम आफ्नो मन्त्रालय अन्तर्गत नपरे पनि अन्य मन्त्रालय सङ समन्वय गर्ने लक्ष्य रहेको बताउनु भयो।

पाटी खेत स्थित प्रसाशानिक त्रुटिका कारण पुर्जा अनुसार नक्सामा गडबडी भएको स्थानीयहरुको गुनासो थियो। नक्साकै कारण पैनीको लागि बजेट अभाब भएको उपभोक्ता समितीको माग लाई सम्बोधनका लागि पहल गर्ने मन्त्री घिमिरेले बताउनु भएको छ।

ड्राभिङ लाईसेन्स ट्राईलमा आफ्नै सवारीको प्रयोग
सवारी चालक अनुमती पत्रको लागि दैनिक करिब ३ सय देखि ४ सयको लाईन लाग्ने झन्झटको अन्त्य हुने यातायात ब्यावस्था तथा सुचना संचार मन्त्री उपेन्द्र घिमिरेले बताउनु भएको छ।

ड्राईभिङ लाईसेन्समा प्राविधिक समस्याका कारण अत्यधिक मान्छेहरुको भिड लाग्ने प्रणालीको अन्त्य गरेर अनलाइन सिस्टम मार्फत काम सुचारु गर्न सम्बन्धित निकायहरु लाई पत्रचार गरिसकेको मन्त्री घिमिरेले बताउनु भएको हो।” ड्राईभिङ लाइसेन्स सेन्टरमा आफ्नै सवारी भए पनि बाध्यतामा पारी रकम असुलेर सेन्टरकै सवारीमा ट्राईल दिनु पर्ने गतिविधिको अब अन्त्य गर्छु।”वहाले भन्नू भयो।

त्यहा भित्रका अदृश्य ठगी लाई नियन्त्रण गर्न अनलाइन प्रणालिको ब्यवस्था गरिएको जानकारी दिनु भयो। यो अनलाइन प्रणाली प्रदेश नम्बर-१ को मोरङ बाटै पहिलोपटक कार्यनयन हुने बिश्वास छ। उनले थपे।
यसरी अनलाइन सिस्टम लाई प्रयोगमा ल्याए ठगी, अनियमितताको अन्त्य हुने उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय