लेटाङ- नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीको आयोजनामा बृहत् अन्तरक्रिया तथा भेटघाट कार्यक्रम लेटाङ -९ नम्बर वडामा जातेमा  भब्यताका साथ सम्पन्न भएको छ। आइतबार दिउँसो जातेको बारकोठे स्थित लेटाङ नगर भरिका भुमिहिन सुकुम्बासीहरु लाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि – सुकुम्बासी रास्ट्रीय भुमी आयोगका अध्यक्ष सुशिला घिमिरे ‘सामना’ रहनु भएको थियो।

विशेष अतिथिमा निर्वाचन क्षेत्र नम्बर-३ क का संयोजक तथा माओवादी केन्द्र-१ नम्बर प्रदेश कमिटी सदस्य लोचन धमला, लेटाङ नगर इन्चार्ज तथा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य कृष्ण लम्साल “अनन्त”रहनु भएको थियो। भने अतिथिहरु नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटी सह इन्चार्ज तथा जिल्ला समन्वय समिति सदस्य भुपेश लिम्बू, महिला नगर उपाध्यक्ष शान्ता राई, जिल्ला समन्वय समिति सदस्य तथा नगर सह इन्चार्ज हस्त बहादुर राई, वडा अध्यक्ष नरेस मंग्राती र नगर कमिटी सचीव भवानी लिम्बू रहनु भएको थियो।

बृहत भेला तथा अन्तरकृया कार्यक्रम लाई सम्बोधन गर्दै सुकुम्बासी रास्ट्रीय भुमी आयोगका अध्यक्ष “सामना” ले लेटाङका भुमिहिन सुकुम्बासीहरुको हातमा छिटोभन्दा छिटो जग्गाको पुर्जा पर्ने बताउनु भएको छ। तर यो कार्यको लागि नगरपालिकाले तत्काल आबेदकहरुको सुचिकृत फाइल लाई पहिचान गरि सहजीकरणका लागी आयोगमा पठाउन अनुरोध गर्नु भएको छ।

धनीपुर्जा बितरण तथा सहजीकरणका लागि लेटाङ नगरका सम्बन्धित सबै वडाहरुले तत्काल सिफारिस गरेर पठाए १५ दिन भित्रै जग्गाको पुर्जा बितरण गर्न आयोगले गृहकार्य थाल्ने बताउनु भएको छ। सो कार्यको लागि माओवादी केन्द्र लेटाङ नगर कमिटीले ९ सदस्यीय दबाब समिती समेत गठन गरेको नगर सह इन्चार्ज भुपेस लिम्बुले जानकारी दिए।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर सह इन्चार्ज भुपेस लिम्बुले लेटाङका भूमिहीन सुकुम्बासीहरुको हितका लागि माओवादी केन्द्रले लामो समय देखि गृहकार्य गरेको स्मरण गरेका छन्। लेटाङका समग्र सुकुम्बासीहरुको संरक्षणमा माओवादी केन्द्रको अहम भुमिका रहेको र भुमिहिन लाई धनीपुर्जा बितरण गर्न पटकपटकको प्रयास यो पटक माओवादीकै पालामा सफल हुने दाबी गरेका छ्न।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय