काठमाडौं- सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले बर्खास्त गरेको हो ।

एक मन्त्रीका अनुसार वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।

सरकारले वैशाख ३० मा चुनावको मिती तोकेपछि प्रमुख निर्वाचन आयुक्तको आयो प्रतिक्रीया, अब देउवा के गर्छन् ?

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ। आयोगले चुनाव तयारीका लागि समय पर्याप्त भएको समेत जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगलाई निर्वाचनका लागि तयारी गर्ने समय पर्याप्त भएको भन्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने विश्वास दिलाए।

‘तोकिएको मिति निर्वाचनका लागि पर्याप्त समय हो। समय नपुगेर निर्वाचन गर्न सकेनौं भनेर हामीले भन्नेछैनौं। ढुक्क भए हुन्छ,’उनले नेपाल लाइभसँग भने,‘भोलिदेखि नै निर्वाचनको तयारीका सम्पूर्ण काम अघि बढ्छन्।’

उनले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय भइसकेको भन्दै अब आयोगले तीव्र रुपमा आवश्यक तयारी थाल्ने जानकारी दिए। ‘स्थानीय तह रिक्त गराउनु हुन्न भनेर नै हामीले वैशाख मसान्तभित्र चुनाव गर्नुपर्छ भन्दै आएका थियौं,’ थपलियाले भने,‘सरकारले आयोगको सल्लाह र सिफारिस अनुसार नै मिति घोषणा गरेको छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय