काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगसँगको परामर्श पछि बसेको मन्त्रिपरिषद् बैठकले मितिबारे निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक अहिले पनि जारी छ ।
निर्वाचन आयोगले गत माघ १८ मा जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, सत्तारुढ दलहरुका बीच सहमति हुन नकक्दा सरकारले मिति तय गर्नेबारे निर्णय लिन सकेको थिएन ।








