बिनोद निगम / २३ माग / नवलपरासी पश्चिम नवलपरासीको रामग्राम १४ सुक्रोलिमा लागु पदार्थ तथा दुर्व्यशन सचेतना कार्यक्रम जनता माध्यमिक विद्यालय सुक्रोलीमा सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको आयोजना तथा उपकार समाज संस्था नवलपरासीको सहजीकरणमा रामग्राम १५ जनता माध्यमिक विद्यालय सुक्रोलीमा कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा ट्राफिक प्रहरीका असई डम्बर गिरीले समाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियम, लागु औषध दुब्र्यसनी र किशोर किशोरीहरुमाथि हुने हिसांबाट जोगिने उपाय र एैन कानुनका बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा स्कुलमा कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई लागू पदार्थको नसा बारेमा असर र यस्ले मानव जिबनमा पार्ने नकारात्मक प्रभाव हरुको बारेमा विद्यार्थी भाइ बहिनी हरुलाइ दुर्व्यशन बाट टाढा रहन कार्यक्रमका प्रशिक्षक तथा निर्णयका कार्यक्रम संयोजक रन्जीत शर्माले बताउनु भयो ।

सुक्रोलि वाड नं १५ का अध्यक्ष धनपत यादवको अध्यक्षता तथा रामग्राम नगरपालिकाकाका नगर प्रमुख नगेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिमा र ट्राफिक प्रहरीका असई डम्बर गिरी,जनता माध्यमिक विद्यालय सुक्रोलीका प्रा : को बिशिष्ट अतिथतामा लागु पदार्थ तथा दुर्व्यशन सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

पत्रकार,बिनोद निगम,ज्ञानेश्वर साहनी, रामग्राम नगर बाल संजालका सल्लाहकार सिद्धान्त पाठक, रञ्जित शर्मा लगायतको अतिथिकता रहेको थियो भने कार्यक्रम किशोर,किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय