रामजी प्रजापती माघ १४। नेपाल सरकार गृह मन्त्रालय द्वारा निकालिएको सामाजिक सञ्जाल अंकुश प्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यनाकर्षण भएको छ ।
गृहको विज्ञप्तिमा उल्लेख व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने भन्ने जस्ता शब्द प्रेस स्वन्त्रता विरुद्ध प्रयोग हुन सक्ने तर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
ग्रुहद्वारा जारी विज्ञप्तिमा उल्लेख भएको शब्दहरू विवादित र प्रेस स्वन्त्रतामा आँच आउने खालका भएकोले महासंघको गम्भीर ध्यानाकर्षण गर्दै सच्याउन विज्ञप्ति मार्फत सरकारलाई माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय