रामजी प्रजापति माघ १४ । नेपालको एक मात्र रेलवे कम्पनीमा यतिबेला महाप्रबन्धक निरञ्जन झाको मनोमानी दादागिरी कायमै रहेको पाइन्छ ।

झाले एकतर्फी आफ्नो नजिकको मान्छेहरु करिब ५५ जनालाई गत पुस २७ मा ज्यालादारीमा नया भर्ना गरेपछि विवाद सुरु भएको हो ।

नेपाल रेलवे कम्पनीका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईको बेला ज्यालादारीमा करिब १५१ कर्मचारी नियुक्त गरी गत वैशाख देखि असाढसम्म दुई चरणमा करिब १ करोड १५ लाख रुपैयाँ खर्च गरेर तालिम समेत दिईएको थियो पुराना कर्मचारीलाई प्रबंधक झा आएपछि घर फिर्ता पठाइएको थियो ।
करिब १५ दिनदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएर विरोधमा उत्रेका पुराना रेलवे कर्मचारीहरुको मागको सुनुवाई नभएपछि कार्यालयमा तालाबन्दी गर्न विवस भएको संघर्ष समिति का सदस्य दिलीप शाहले बताए ।

महाप्रबन्धक झाले एकतर्फी रुपमा कर्मचारी भर्ना गर्नु उचित नभएको भन्दै स्थानियले महाप्रबन्धक पदबाट राजीनामा गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय