केराबारी- केराबारी गाउँपालिका वडा नम्बर-३ भोगटेनी स्थित माघी मेला सहित मगर संग्रहालयको उद्घाटन भब्य रुपमा सम्पन्न भएको छ। उत्तरी मोरङ केराबारी पालिकाको भोगटेनीमा एक समारोह बिच उक्त संग्रहालयको उद्घाटन गरिएको हो।

माघे सक्रान्तिको अवसरमा बर्सेनि लाग्ने मेलामा वरपर छिमेकी पालिका तथा अन्य नगरका स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अथिती प्रतिनिधि सभाका सामसद घनश्याम खतिवडा रहनु भएको थियो, भने विशेष अथिती केराबारी गाउपालिकाका अध्यक्ष रोहित बहादुर कार्की रहनु भएको थियो।

समाजसेवी तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा केराबारी गाउपालिकाका १० ओटै वडा बाट मगर समुदायहरुको प्रख्यात नाच हुरा समेत प्रदर्सनि रहेको थियो। करिब १ करोड १४ लाख लागतमा निर्माण भएको मगर संग्रहालयले मगर जातिय उत्थान तथा भाषा, लिपि लगायत सास्कृतिक रहन सहन एबम चिनारीको प्रवर्द्धन र संरक्षण गर्ने उदेश्य रहेको संग्रहालय निर्माण समितिका अध्यक्ष महेन्द्र थापा मगरले जानकारी दिए।

त्यस्तै निकट भबिष्यमा मगर समुदायको चिनारी हुने विभिन्न सामानहरु देखाउनको लागि संग्रहालयमा राखिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय