
काठमाडौं – हिन्दु धर्ममा तुलसीको निकै ठूलो महत्व छ । धार्मिक महत्वका साथसाथै यसले स्वास्थ्यका लागि पनि धेरै फाइदा गर्छ । तुलसी धेरै प्रकारका रोगबाट छुटकारा पाउनको लागि प्रभावकारी साबित भएको छ । तर, यदि यसलाई गलत तरिकाले खाइयो भने यो स्वास्थ्यका लागि निकै हानिकारक पनि हुनसक्छ ।
बिहान खाली पेटमा तुलसी खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसलाई निल्दा वा यसको रस पिउनाले रुघाखोकीमा निकै नै आराम मिल्छ । साथै यसले प्रतिरक्षा प्रणालीलाई पनि निकै बलियो बनाउने गरेको तथ्य स्वास्थ्य विज्ञानले प्रमाणित गरेको छ ।
तुलसीमा धेरै औषधीय गुणहरू छन्। तुलसीको पातमा पारा र फलाम हुन्छ, जुन चपाउँदा मात्र निस्कन्छ। धेरै चपाउँदा भने दाँत बिग्रने समस्या हुन्छ । त्यसकारण यसको प्रयोग ध्यानपूर्वक गर्न आवश्यक छ । एकै समयमा, तपाईं यसलाई थोरै मात्रामा चपाएर खान सक्नुहुन्छ। तुलसीको पातलाई पानीमा मिलाएर खान सकिन्छ । यसरी खाँदा पनि दाँत बिग्रदैन ।
तुलसीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तुलसीलाई खाली पेटमा दुधसँगै खानु हुँदैन । त्यस्तो गर्दा तुलसीले युरिक एसिडको मात्रा कम गराउने काम गर्दछ ।