सुरेश यादव,नवलपरासी / पुस २१ ।

पश्चिम नवलपरासी प्रहरीले हिजाे विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्तलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

जिल्ला अदालत नवलपरासीबाट २०५० सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाकी रहेका कुटपिट मुद्दाका ३ जना,बहुविवाह मुद्दाका १ जना,सम्बन्ध विच्छेद मुद्दाका १ जना र सार्वजनिक मुद्दाका १ जना फरार अभियुक्त जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट प्रकाउ गरिएको सुचना अधिकारी शाहीले बताउनुभयो ।

अदालतकाे लगत अनुसार पक्राउ पर्नेमा अधिकतम सजाय कुटपिट मुद्दाका ३ जना अभियुक्तहरूकाे जनही ३ महिना कैद र १ हजार रुपैयाँ जरिवाना रहेको छ भने अन्य ३ अभियुक्तहरूकाे कसुर अनुसार जरिवाना ताेकिएकाे छ । पक्राउ परेका ६ जना अभियुक्तहरूकाे एकमुष्ट जम्मा सजाय ९ महिना कैद र ५ हजार २५ रुपैयाँ जरिवाना रहेकाे डि एस पी शाहीले बताउनुभयो ।

साथै पक्राउ गरिएका नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसार कारबाही भएकाे छ । हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहत समेत बाट मंसिर २८ गतेदेखि हालसम्म विभिन्न मुद्दाका १०९ जना फरार अभियुक्त जिल्लाकाे विभिन्न स्थानबाट पक्राउ गरि आवश्यक कारवाहीकाे लागि जिल्ला अदालत पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय