
सुरेश यादव,नवलपरासी / पुस १३ । आज पश्चिम नवलपरासीकाे परासीमा जनता समाजवादी पार्टीको विशाल जनसभा सम्पन्न भएकाे छ । जनता समाजवादी पार्टी जिल्ला नवलपरासीको आयाेजनामा विशाल जनसभा सम्पन्न भएकाे हाे ।
जनता समाजवादी पार्टी नवलपरासीका अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षता तथा पुर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेशका भाैतिक पुर्वधार मन्त्री सहसराम यादवकाे विशिष्ट आतिथ्यतामा जनसभा भएकाे हाे ।
सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि यादवले जय मधेसीको नारासाथ सम्बाेधन गर्नुभएको थियोे । देशकाे लागि मधेस अन्दाेलनकाे सबैभन्दा उपलब्धि रहेकाे उहाँको भनाइ रहेकाे थियो ।
साथै आजकाे दिनमा शिक्षा ,स्वास्थ्य र राेजगार लगायतको सेवा सबैले पाउनुपर्छ । लाेकतन्त्रमा पनि मधेसी जनतालाई भेदभाव जारी रहेको र हाम्रो पार्टी संघर्षमा लागेको उनले बताए ।
मधेसी जनताको नागरिक्ताकाे समस्या धेरै पहिले देखि नै रहेकाे र त्याे समस्या समाधानका लागि आफु पहल गरि रहेको बताउनुभयो । मधेसी प्रति भेदभावलाई खतम गर्नकाे लागि जनता समाजवादी पार्टी लागि रहेकाे छ ।
नेपाल सरकारले संविधानलाई संशोधन गर्नु पर्छ उनले दाबी समेत गरे साथै नवलपरासी देखि कञ्चनपुर सम्म एउटै प्रदेशमा समेटन आवश्यक देखिन्छ उहाँले बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य एवम् केन्द्रीय सदस्य चिनक कुर्मी,लुम्बिनी प्रदेशका भाैतिक पुर्वधार मन्त्री सहसराम यादव,पुर्व शिक्षा राज्य मन्त्री एवम् केन्द्रीय सदस्य गाेविन्द चाैधरी लगायतले आफ्नो मन्तव्य राख्नु भएकाे थियो ।
भने स्वागत मन्तव्य जसपा जिल्ला युवा नेता तथा रामग्राम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादवले राख्नुभएको थियाे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका यातायात मन्त्री पुर्नवर्ती ढेंगा मगर,पुर्व रक्षा राज्य मन्त्री एवम् केन्द्रीय सदस्य रामबचन यादव,केन्द्रीय सदस्य अलाउदिन अन्सारी लगायतको उपस्थिति रहेकाे थियाे भने जनमत पार्टीका जिल्ला अध्यक्ष विजय नाथ यादव र पुर्व जिल्ला अध्यक्ष कन्हैया राजभरले जसपामा प्रवेश गरेका छन् ।