
काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीकाे आकार बढाउने प्रस्ताव गरेका हुन् ।
प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही संख्यामा बढाउने तयारी गरिएको बताए। उनका अनुसार केन्द्रीय कमिटीको संख्या विधानमा उल्लेख भएभन्दा केही संख्या मात्रै बढ्नेछ । माओवादी केन्द्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेकाे थियाे ।
महराका अनुसार पदाधिकारी संख्या बढाउने निर्णय भएसँगै केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरिएको हो । माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको छ ।