काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा उनीहरूलाई निमन्त्रणा गरिएको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिउँसो काठमाडौंमा हुने महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकबारे जानकारी दिँदै उनले महाधिवेशन दुई दिन लम्बिन सक्ने बताए । आजदेखि सुरु हुने महाधिवेशन यही पुस १५ गतेसम्म चल्ने उनको भनाइ छ । सम्म हुने

बैठकले पार्टीमा पदाधिकारीको संख्या १५ पुर्‍याउने निर्णय पनि गरेको छ । यस्तै, प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने शनिबारको स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ ।

यसअघि, आजदेखि यही पुस १३ गतेसम्म पार्टीको प्रथम राष्ट्रिय सम्मेलन तय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय