विसुन देव सरदार
लहान/पुस३गते- सिरहाको लहान नगरपालिका वडा नम्बर ४ द्वारा आयोजित जनता समाजवादी पार्टी नेपाल ( जसपा ) सुज अभियान कार्यक्रम आज शनिबार लहान-४ मा सम्पन्न गरेको छ।
लहान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामनाथ पण्डितको अध्यक्षतामा सो सुज अभियान कार्यक्रम सम्पन्न भएको छ। नेता पण्डित विभिन्न बेतिथिहरुबारे बोल्दै, अब , लहानका मेयर मुनि साहलाई सबै मिलेर तह लगाउने बेला (समय) आएको छ।लहान नगरपालिका वडा न.४ लाई नर्कमा बिथोल्ने प्रयास मेयर साहले गरेका छन। फोहोर मैला व्यवस्थापनका लागि वडा नम्बर ४ लाई छानेर डम्पिङ निर्माण गरिएको प्रति वडावासी आक्रोशित भएको छ।
स्वर्गारुपि अनुभुति हुने ठाउँ लहान नगरपालिका वडा नम्बर – ४ लाई नर्कमा परिणत गर्ने मेयर साहको यस रवैया प्रति वडावासी खेद जनाएका छन।
लहान नगरपालिका वडा नम्बर ४ लाई मरुभूममा धकेल्न प्रयास मेयर साहले गरेको नेता रामचलिर महतोको कथन छ।
लहानका मेयर मुनी साह आफैंले जनतामाथि जानलेबा हमला गराउने नगर प्रहरी , प्रशासनको पहलमा प्रहार गराउने जोकोही गैरजिम्मेवारी र लोकतन्त्र बिथोल्ने प्रयास भएको नेता पण्डितले दाबी गरेका छन। एमाले घुसपैठ नेताहरुलाई बुझ्नु पर्छ,नेपालको सम्पत्ति , जनताको पैसा हो- यसलाई सदुपयोग हुनुपर्छ; दुरुपयोग होइन्न। जस्ता कथन नेता पण्डितले राखे ।
लोकतन्त्र , जनताको चाहना हकहितका निम्ति काम गर्ने जनतन समाजवादी पार्टीलाई मेयरको मैका दिनुपर्ने बला भएको नेता पण्डितले जिज्ञासा राखे।
यो सँगै प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजकुमार गुप्ता , विशिष्ट अतिथि रामचलितर महतो , जितेन्द्र प्रकाश महतो , अतिथिहरु प्रदेश सदस्य रिता यादव , सत्रुधन मण्डल , दिनेश महतो लगायत जसपा शिर्ष नेता तथा कार्यकर्ताहरुले आआफ्नो मन्तव्य राख्दै आजको कार्यक्रम सम्पन्न गरेका छन।








