
सुरेश यादव,नवलपरासी/पुस ०३- पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगढवामा महिला हिंसा विरुद्ध मंञ्चिय नाटक तथा स्थानीय सराेकारवाला संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएकाे छ ।
जन विकास किशोर किशोरी संजाल सरावल-५ काे आयाेजना तथा स्ट्राेम फाउन्डेसन ए.वि.सी.नेपाल नवलपरासीको सहयाेग एवम् सरावल गाउँपालिकाकाे समन्वयमा महिला हिंसा विरुद्ध मंञ्चिय नाटक कार्यक्रम जनता अधारभुत विधालयल सरावल-५ धनगढवाकाे प्राङ्गणमा सम्पन्न भएकाे हाे।
जन विकास किशोर किशोरी संजालका अध्यक्ष घनश्याम गाैडकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानीकाे विशिष्टमा आतिथ्यतामा महिला हिंसा विरुद्ध मंञ्चिय नाटक कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाैडेलले महिलाहरुकाे लागि हरेक प्रकारका सहयाेग गर्न गाउँपालिकाले सदैव तत्पर रहने बताउनुभयाे । साथै महिला हिंसा विरुद्ध समाजमा यस्तो खालकाे नाटक गर्नुपर्ने आवश्यक रहेकाे उहाले जाेेड दिनुभयाे ।
कार्यक्रममा स्वागत मन्तव्य संजालका सदस्य राकेश सहानीले राख्नु भएकाे थियाे भने मधेस मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव , जनता अधारभुत विधालय सरावल-५ धनगढवाका प्रधानाध्यापक रविन्द्र कहार , वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानी लगाएतले आ आफ्नो मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नभएकाे थियाे ।