विनोद मण्डल मंसिर २५ । सिरहाको धनगढीमाई ९ मुसहर्निया स्थित महेन्द्र राजमार्गको दक्षिणी छेउमा खेलिरहेको ३ बालकमध्ये १ बालकलार्इ डोजरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।

आज करिब ४ बजेको समयमा उक्त ठाउँमा सडकमा काम गरिरहेका चाइनिज कम्पनीको डोजरले किच्दा स्थानिय संजीव मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

करिब १ घण्टा अवरुद्ध भएको राजमार्ग ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी तपण दाहालले कानूनी कारवाही अगाडि बढाउने जनाएपछि अवरुद्ध राजमार्ग ५:३० बजे खुलेको छ भने शवलाई पोष्टमार्दम
का लागि लहान अस्पताल लागिएको स्थानीयलाई उदृद् गर्दै प्रहरीले जनाएको छ । चालक घटना लगतै फरार रहेको छ भने खोजी कार्य जारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय