
निर्वाचनबाट काँग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
सभापतिमा देउवा र निधिको उम्मेदवारी घोषणा
सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित छ भने उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दिनेछन् । यस्तै रामचन्द्र पौडेल पक्षले भने हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । पौडेल समूह आज पनि एक पटक छलफलमा बस्नेछ भने त्यहाँ सहमतिको प्रयास हुनेछ । सो समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि सहमति हुन नसकेको हो भनि रातोपाटी मा लेखिएको छ।