काठमाडौं उपत्यकामा १२८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा ४२ र भक्तपुरमा ७ संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा १७०९ सक्रिय संक्रमित छन्। जसमध्ये  काठमाडौंमा ६२८, ललितपुरमा ५९८ र भक्तपुरमा ४८३ सक्रिय संक्रमित छन्।

नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ४७२ जनाको पिसिआर परीक्षण र ४०१५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ५ हजार ९९७ जना सक्रिय संक्रमित छन्।

३३७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.९ प्रतिशत छ।

यसको संक्रमणबाट ३ को मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय