
काठमाडौ- नेकपा (माओवादी केन्द्र)मा पार्टी सदस्यता लिनेको संख्यामा अनौठो गरि वृद्धि देखिएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै कमजोर भएको ठानिएको माओवादीमा पार्टी सदस्यता लिनेको संख्यामा भने अनौठो वृद्धि देखिएको हो ।
बिहीबार माओवादी केन्द्रको स्थायी समिति बैठकमा वडा र पालिका सम्मेलनसँगै पार्टीमा आकर्षण देखिएको निष्कर्ष पार्टी प्रवक्ता कृष्णबहादुर महराले सुनाएका थिए । उनले बैठकलाई ब्रिफिङ्ग गरेअनुसार हालसम्म माओवादी केन्द्रको कम्प्यूटर सिस्टममा सात लाख ६ हजार पाँच सयको नाम इन्ट्री भएको छ । उनका अनुसार आठ लाख पुग्ने अनुमान सहजै पुरा हुनेछ ।
बैठकमा पालिका अधिवेशनहरु निकै उत्साहपूर्णं रुपमा सकिँदै गरेको बिफ्रिङ्ग गरिएको थियो । शुक्रबारसम्म सबै पालिकाका अधिवेशनहरु सकिने सम्भावना रहेको बताइएको छ ।
माओवादी केन्द्रले यहि पुस ११ देखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनको तयारी स्वरुप सदस्यता वितरण तथा नविकरणको कामलाई सफ्टवेयर सिस्टमबाटै गर्ने प्रक्रिया अगाडि बढाएको छ ।