१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन्।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् । ‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ उनले भने, ‘त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ  ।’

उनले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे भनि अनलाइन खबर मा लेखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय