काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको केन्द्रीय कार्यालयका सबै कक्षहरु व्यस्त रहेकाले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नु परेको बताएका छन् ।

उम्मेदवारी घोषणाअघि पत्रकार सम्मेलनमा रावलले महत्वपूर्ण घोषणा पार्टी कार्यालयबाटै गर्न चाहे पनि सम्भव नभएको बताए ।

रावलले भने, ‘पार्टी केन्द्रीय कार्यालय थापाथलीबाटै घोषणा गर्न लागेको थिएँ, तर महासचिवबाट महाधिवेशनको व्यस्तताले गर्दा त्यहाँ भएका सबै कक्षहरु खाली छैनन् भन्ने जानकारी प्राप्त भएपछि यो महत्वपूर्ण विषयको घोषणा रिपोर्टस क्लवबाट गर्नुपरेको हो ।’

रावलले कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारी गरेको बताउँदै आएका छन् । दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए ।

एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । रावलले अध्यक्ष पदमा उठ्ने भएसँगै चितवनमा यही मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष नहुने भएका छन् ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!