
काठमाडौं । नेकपा (एमाले)को दशौं महाधिवेशन नजिकिइरहँदा माओवादी छाडेर एमाले भएकाहरु बिचल्ली पर्न थालेका छन् । सहमतिको माध्यमबाट सम्पन्न भएको भनिएको पालिका अधिवेशनमा पुर्व माओवादीहरु सुरक्षित भएनन् । माओवादीबाट आएका असाध्यै थोरैले मात्रै पदाधिकारीमा जिम्मेवारी पाए ।
पार्टीको १० औं महाधिवेशनका लागि प्रतिनिधी छनौट गर्ने कार्य केही विवादित जिल्लामा बाहेक करिब टुंगिन लागेको छ । तर अधिकांश जिल्लाबाट हैसियत भएका पुर्वमाओवादीहरु पनि महाधिवेशन प्रतिनिधिमा समेटिन सकेनन् ।
एमालेको स्थानीय कमिटी र प्रतिनिधिमा नअटाएका पुर्व माओवादीहरु खिन्न भएर हिँडेका छन् । उनीहरुलाई एमालेमा बस्नु वा पुरानै पार्टीमा फर्कनु भएको छ ।
पुर्वमाओवादीलाई महाधिवेशनमा ओलीले कति भिख देलान् ?
एमालेको १० औं महाधिवेशनका लागि छनौट भएका प्रतिनिधि मध्ये झण्डै ९० प्रतिशतभन्दा बढी सदस्य ओली समूहका छन् । त्यसपछि बाँकी रहेको संख्यामा माधव नेपाललाई साथ छोडेर अलपत्र परेकाहरु छन् । निकै झिनो संख्यामा पूर्वमाओवादी समूहबाट समेटिएका छन् ।
ओली यतिबेला पार्टीको अध्यक्ष मात्रै नभएर पार्टीभित्र डरलाग्दो ‘बा’ को रुपमा परिणत भएकाले पार्टीभित्र जनवाद झण्डै हराइसकेको छ । कसलाई निर्वाचित गर्ने, नगर्ने, कुन जिम्मेवारी दिने, नदिने, आदि सबैको लागि ओलीको हातमा तातो डाडुपन्यु रहेको छ ।
ओली गुटमा नै रहँदै आएकाहरुलाई पनि ओलीले आफुलाई के दिन्छन्, कसरी दिन्छन् भन्ने परिरहेको छ । यस्तो अवस्थामा पुर्वमाओवादीबाट आएकाहरु रनभुल्ल भएका छन् ।
केही समय अगाडि माओवादी समूह छाडेर एमाले प्रवेश गरेका प्रभु शाहले हैसियत प्राप्तिको लागि पिद्रोहको नाटक मञ्चन गरेर आफ्ना केही निकटस्थहरुलाई पार्टीको केन्द्रिय समितिमा थपेर शान्त बनाए । तर ठुलो स्वर गर्न नसक्ने पुर्वमाओवादीहरु यतिबेला मलिनो भएका छन् ।
माओवादीबाट एमालेमा प्रवेश गरेका मध्ये रामबहादुर थापा ‘बादल’ सबैभन्दा सिनियर नेता हुन् । तर उनले आफुसँग आएका कार्यकर्ताहरुको संरक्षणका लागि भूमिका खेल्न सक्दैनन् । बादलकहाँ देशैभरीका कार्यकर्ताहरु आफ्नो गुनासो र माग लिएर पुग्ने गर्छन् । गण्डकी प्रदेशका एकजना पुर्वमाओवादी भन्छन्, ‘कुरा सुन्छन्, उम गर्छन् निर्णायक जबाफ र पहलको प्रतिबद्धता केही गर्दैनन् ।’
नाम नबताउने सर्तमा पुर्व माओवादीका एकजना नेताले भने, ‘आफ्ना साथीहरु र मेहनत गरेको पार्टी छाडेर आएँ । आएर मेहनत पनि गरें । अन्तिममा महाधिवेशन प्रतिनिधिसमेत बनाएनन् । केन्द्रिय सदस्य बन्ने भयो भनेर मेरो राखिसकेको नाम हटाए ।’ उनी हारगुहारको लागि बादल र भट्टकोमा पुगे तर, कसैले कुनै निर्णायक जवाफ दिएका छैनन् ।
माओवादीबाट एमालेमा प्रवेश गरेका मध्ये रामबहादुर थापा ‘बादल’ सबैभन्दा सिनियर नेता हुन् । तर उनले आफुसँग आएका कार्यकर्ताहरुको संरक्षणका लागि भूमिका खेल्न सक्दैनन् । बादलकहाँ देशैभरीका कार्यकर्ताहरु आफ्नो गुनासो र माग लिएर पुग्ने गर्छन् । गण्डकी प्रदेशका एकजना पुर्वमाओवादी भन्छन्, ‘कुरा सुन्छन्, उम गर्छन् निर्णायक जबाफ र पहलको प्रतिबद्धता केही गर्दैनन् ।’
१० औं महाधिवेशनले कति पदाधिकारी र सदस्य बनाउने भन्ने कुरा विधान महाधिवेशनले टुंग्याइसकेको छ । तोकिएको पद र संख्यामा ओली गुटमा नै रहँदै आएकाहरुमा आकांक्षा बढी छ । निर्वाचन पद्धतीबाट अगाडी बढ्दा पुर्वमाओवादी र ओलीविरुद्ध लागेका पुर्वमाधव समूहका नेताहरु क्लिन स्विप हुने खतरा छ । त्यसैले सहमती वा एकताको महाधिवेशन गर्नुपर्नेमा बादललगायत नेताहरुको जोड रहेको छ ।
आफ्नै पद र जिम्मेवारी के हुन्छ भनेर टोपबहादुर र लेखराजहरुले कार्यकर्ताको लागि लबिङ गर्न छाडेका छन् । उनीहरुले आफ्नै स्थान सुरक्षित गर्नको लागि ओलीकोमा पुग्ने गर्छन् । तर कार्यकर्ताहरुको लागि भिख माग्ने उनीहरुको हैसियत छैन् ।
तातो डाडु पन्यु लिएर बसेका ओलीकोमा महाधिवेशनमा भिख माग्न लाइन लागेका कति पुर्वमाओवादीहरुले चोक्टा, कतिले रस र कतिले डाडुपन्युको तातो डाम पाउने हुन थाहा छैन् । अझ ओली गुटका प्रभावशालीहरुले महाधिवेशन निर्वाचन पद्दतीबाट हुनुपर्ने कुरा राख्दा पुर्व माओवादीहरुलाई निन्द्रा लाग्न छाडेको छ ।
सन्सर न्युज बाट