२४ कार्तिक,काठमाडौ –नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते एकैदिन देशभरिका वडामा सम्मेलन गर्ने भएको छ । देशभरि एकै दिन कार्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा सम्मेलन र मंसिर ११ गते पालिका सम्मेलन तोकिएको छ । त्यस्तै मंसिर २५ गते प्रदेश सम्मेलन तोकिएको पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिनुभयो ।

जसका लागि माओवादी केन्द्र दाङले पनि स्थानीय सम्मेलनको तयारी थालेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको प्रथम विस्तारित बैठकले टोलदेखि पालिका सम्मेलनसम्मका सबै सम्मेलनको तयारी घनिभूत बनाउने निर्णय गरेको जिल्ला संयोजक तुलसीराम पुनले जानकारी दिनुभयो ।

सम्मेलनसँगै माओवादी केन्द्रले पहिलोपटक निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने छ । त्यसका लागि दाङका दश पालिका र एक सय वटै वडामा छुट्टाछुट्टै निर्वाचन समिति गठन गरिएको संयोजक पुनले बताउनुभयो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय