काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यसअघि नै आगामी पुष ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीले निर्णय गरिसकेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । सबै कुरालाई ध्यानमा राखेर पार्टीले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई लक्ष्यमा राखेर संगठनात्मक गतिविधि अघि बढाएको छ । पार्टीको तल्लो समितिहुँदै जनवर्गी संगठनहरुको सम्मलेलन तथा अधिवेशनहरु जारी छ ।

बैठकमा प्रदेश पदाधिकारी टुंगो लगाउने बिषयमा छलफल भए पनि निर्णय भने गर्न सकेन छ । बैठकले प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर प्रदेश पदाधिकारी टुंगो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

त्यस्तै माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने महराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय