विनोद मण्डल कार्तिक २३- सिरहाको मिर्चैया चुरे बन क्षेत्रवाट शखुवाको चिरान काठ बरामद भएको छ ।
मिर्चैया नगरपालिकाको वडा नं ९ पुलिसपट्टा भन्ने ठाउँबाट जम्दार भोगेन्द्र यादबको कमाण्डमा खटि गएको डिभिजन बन कार्यालय लहान र मिर्चैयाका बन गस्ती टोलीले ५१ थान करिब ५० केवि फिट २ लाख ५० हजार मूल्य बराबरको शाखुवा काठ बरामद गरिएको डिभिजन बन कार्यालय लहानका डिभिजन बन अधिकृत शुभाश चन्द्र दासले जानकारी गराउनु भएको छ ।
विशेष सूचनाका आधारमा शखुवा काठ ल्याउँदै गरेको स्थानमा पुगेपछि काठ तस्करहरु साइकल छोडेर भागेको र भारी मात्राको काठ नियन्त्रणमा लिन असमर्थ देखिएपछि गोलबजारबाट थप सुरक्षाकर्मी काठ लुकाई छिपाई राखेको स्थानमा पुगेको थियो ।








