 
							विनोद मण्डल कार्तिक २२- सिरहाको धनगढीमाई १३ मा करिब एक वर्ष अगाडि बनाइएको पोखरी हिउँद यामको शुरुवात सँगै सुक्न थालेका छन् ।
विक्रम सम्वत २०७७ /१०/१५ मा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुर मोरङको मातहत च्यान डाँडा पोखरी निर्माण उपभोगता समितिद्वारा करिब १३ लाख लागतको रूपमा पोखरी खन्ने कार्यको थालनी भई २०७८/२/१५ गते कामको समापन भएको घोषणा गरियो तर पोखरी अधुरो रहेको स्थलगत निरिक्षणबाट सजिलै थाहा पाउन सकिन्छ । करिब ११० घर लाभान्वित हुने उदेश्यका साथ थालिएको काम कागजी रूपमा सम्पन्न भयो तर पोखरीमा पानी अडीएन स्थानियले पोखरीको सदुपयोग गर्न पाएनन् वास्तविकता के हो ? कुल लागत कति ? पोखरीलाई विकासको पूर्वाधार त्यस ठाउँमा मानिनुको प्रमूख कारण के हो ? पोखरी खन्ने पैशा अन्य काममा लगाउँदा उपयुक्त हुने थियो कि ? यिनै प्रश्नहरू यतिबेला स्थानिय जनताको मन मस्तिष्कमा घुमिरहेको अवस्थामा सम्बन्धित निकाय धनगढीमाई नगरपालिकाको ध्यान आकर्षण गर्नु पर्ने देखिन्छ ।




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
								 
								 
								 
								