 
							सुरेश यादव,नवलपरासी/कार्तिक १८-पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा एक मात्र नमुनाकाे रुपमा रहेकाे पाल्हि प्राथमिक स्वास्थ्य केन्द्र यहि कार्तिक २० गते साेमबार बाट १५ सईयाकाे अस्पताल बनेकाे भवनमा सेवा सञ्चालन हुने छ ।
पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे पहल तथा संघिय सरकारकाे बजेट बाट १५ सईया काे अस्पतालकाे भवन २०७२ साल मा शिलान्यास भएकाे थियाे । करिव साढे छ कराेड बजेटमा अस्पतालको नयाँ भवन बनेर सम्पन्न भएकाे गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयाे ।
गाउँपालिका बासीलाई उपचारकाे लागि बाहिर जान नपर्ने मुख्य उदेश्यकाे साथ याे अस्पतालकाे स्टरउनन्ति गरिएकाे उहाँले बताउनुभयाे । अब छिटोभन्दा छिटाे अस्पतालकाे समुउद्धाटन गरि यसै अस्पतालमा एपेन्दिक्स,बच्चा डिलेभरी लगाएताकाे शल्यक्रियाका साथ सेवाहरु सञ्चालनमा आउने अध्यक्ष गुप्ताले जानकारी दिनुभयाे ।




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
								 
								 
								 
								