कार्तिक-१८,बुधराज लिम्बू योङ्हाङ- माइ नगर पालिका मा ६ गते नेकपा एमालेको वडा अधिवेशनबाट २२ वर्षीया युवा नेतृत्व राजन शेर्मा निर्वाचित भएका छन।

±2 सकेर पशु सम्बन्धि भेटनरी पसल खोलेर बसेको शेर्मा सानै उमेर देखि नै राजनीतिमा चासो राख्ने ब्यक्ति हुन। सामाजिक कार्यमा अत्यन्त चासो राख्ने शेर्मा पछिल्लो समय राजनीतिमा समेत देखिएका छन ।

उनले संदेश प्रवाह अनलाइन संग कुरा गर्दै भने अहिलेको नयाँ पुस्ताहरु खास राजनीतिमा चासो दिदैनन्, राजनीतिले भविष्य विगार्ने भन्दै व्यक्तिगत काममा मात्र अविभावकले पनि लगाउने परिपाटि चलेको छ ।

तर हाम्रो परिवारमा कहिले कहिँ बुवा सामान्य राजनीति हिड्नु हुन्थ्यो त्यो बेला देखि नै घरमा सामान्य राजनीतिक गफ हुने भएको ले साथिभाइ परिवार सबै अविभावकहरुको माया सहयोगले गर्दा राजनीतिमा आउन चाहेको बताए।

कात्तिक ६ गतेको प्रथम वडा अधिवेशनबाट शेर्मा सचिब मा निर्वाचित भएका थिए। उक्त अधिवेशनबाट जित ब.बुढाथोकी ज्यु को अध्यक्षतामा ३३ सदस्यी समिति निर्वाचित भएका छन् । उपाध्यक्षमा युक बा.लिम्बु सचिवमा राजन शेर्मा ( लिम्बू )उपसचिवमा बुधराज लिम्बू अर्का उपसचिवमा दिल बा.कुरुम्बाङ ( लिम्बू ) निर्वाचित भएका हुन ।

निर्वाचन मंडल प्रमुख सन्तराम योङ्हाङ नेकपा एमाले जिल्ला सचिबलय सदस्य साथै धन बा. आङ्देम्बे मन देवान खड्क कडेल लगायतको टिम निर्वाचन समितिमा रहेका थिए। कार्यक्रममा सहभागी करिब २५० जना भएको धन बा.लिम्बू ले जानकारी दिनु दिए।

माइ नगर पालिका भित्रका १० वटै वडाहरुमा एकैसाथ नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा अधिवेशन सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय