विनोद मण्डल ,कार्तिक ११ । सिरहाको साविक गाविस विष्णुपुरकट्टी कालापानी तथा हाल धनगढीमाई १२ मा निर्माण भएको खानेपानी आयोजना सम्पन्न भएपछि आज बिहान १०.१५ बजेको समयमा मेयर हरिनारायण चौधरीले दाहु लक्षण वरपिपलमा निर्माण गरिएको धारा खोलेर खाने पानीको उद्दघाटन गर्नु भएको छ ।

वरपिपलको चौतारीमा कालापानी सरे खानेपानी उपभोक्ता समिति द्वारा आयोजित कार्यक्रममा सरोज राईको अध्यक्षतामा प्रमुख अथिती हरिनारायण चौधरी ,अथिथीहरु उपप्रमुख फूलकुमारी श्रेष्ठ , प्रशासकिय अधिकृत गोपाल प्रसाद बगाले ,वडा १३ का वाडा अध्यक्ष सूर्यमान तामाङ , वडा नं १२ का वाडा अध्यक्ष राजु श्रेष्ठ , इन्जिनियर रामानन्द चौधरी , युवा नेता शुभ राज लामा ,स्थानिय नेता चौधरी महतो लगायतको सहभागितामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य चौधरी महतोले राख्नु भएको थियो ।

कुल साढे ३२ लाखमा सञ्चालित योजनामा धनगढी माई नगरपालिकाको करिब ३० लाख लागत रहेको छ भने करिब साढे ३ लाख रुपैयाँ स्थानिय श्रमदानबाट सम्पन्न खानेपानी आयोजना बाट करिब ३५२ जनसंख्या लाभानचित र ६० घरपरिवारमा धारा जडान गरियतापनी करिब ३ दर्शन बढी घरपरिवारले धारबाट प्रत्यक्ष रूपमा लाभानचित भएको स्थानिय चौधरी महतोले बताए ।

वर्षौंदेखि पानीको समस्याबाट सास्ती भोग्दै आएका स्थानियको समस्या तत्कालका लागि टरेको वडा अध्यक्ष राजु श्रेष्ठले बताउनु भएको छ ।

खानेपानी सहजता भएपनि यसलाई स्थानियले संरक्षण गर्नुपर्ने प्रशासकिय अधिकृत बगालेले बताउनु भयो । आफू निरन्तर जनताको पक्षमा उभिएर काम गरिरहेकाले यहाँका स्थानियले विगतमा खानेपानीको कारण भोग्दै आएको समस्याबाट पूर्णतया मुक्त भएको देख्दा खुसी लागेको मेयर हरिनारायण चौधरीले बताउनुभयो ।

खानेपानीको आपूर्ति सहज भएपछि कालापानी बस्तीका मानिसहरू यतिबेला खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय