कार्तिक १०, २०७८ बुधबार
सिंहदरबारभित्र अकस्मात गोली चलेपछि
काठमाडौं। बुधबार दिउँसो सिंहदरबारभित्र गोली चलेको छ।
यद्यपि गोली कसैलाई लागेको भने छैन। बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको छ।
उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ।








