
लहान।कार्तिक ९ गते। सिराहाको लहानमा अवस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहान शाखाले आज मंगलबार १७ औं वार्षिकोत्सव अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
श्री जनता माध्यमिक विद्यालय सोनमती गाढाका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सम्मिलित गराई सो वित्तीय साक्षरता कार्यक्रम गरेको छ। वित्तीय साक्षरताको माध्यमबाट बैंक खाता , बचत , कर्जा , विप्रेषण बिमा लगायतका खाताको बारेमा विशेष जानकारी गराइएको लहान शाखाका शाखा प्रवन्धक मृगेन्द्र दाहालले जानकारी गराउनु भएको छ।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहानका शाखा प्रवन्ध मृगेन्द्र दाहाल , कर्मचारीहरु सोभित लाल चौधरी , आरती यादव , सुरेश कुमार यादव , इम्तियाज अहम्मद , अरविन कार्की लगायत शिक्षक , विद्यार्थीहरुको उपस्थितिमा सो वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड लहानले हाल सम्म निकै सेवा सुविधा दिइरहेको शाखा प्रबन्ध मृगेन्द्र दाहालले बताउनु भएको छ।