नेकपा माओवादी केन्द्रले केन्द्रमा तीनवटा आयोग ,ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति बनाएको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो ।

निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् भने लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडाले पाएका छन् । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति र १७५ सदस्यीय विशेष समिति पनि गठन गरेको छ । त्यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष कार्तिक ४ गते बस्ने बैठकले तोक्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय