सुरेश यादव,नवलपरासी / असाेज २६ आज पश्चिम नवलपरासीमा मधेश मिडिया मिशन नेपालकाे ११ सदस्यीय जिल्ला शाखा कार्यसमिति गठन गरिएको छ । जिल्ला भरिका मधेश समुदायका पत्रकारहरु भेला गरि गठन भएकाे हाे ।

पत्रकार सुरेश यादवकाे अध्यक्षता तथा मधेश मिडिया मिशन नेपालकाे केन्द्रीय सदस्य विनाेद कुमार मण्डलकाे प्रमुख आतिथ्यतामा भेला गरि जिल्ला कार्यसमिति गठन गरिएकाे हाे । जस्काे अध्यक्षमा सुरेश यादव ,उपाध्यक्ष माेनु शर्मा , काेषाध्यक्ष श्याम वदन हरिजन , सचिव महेश यादव ,सह-सचिव पवन हरिजन , सदस्य अजय हरिजन , अनिल वानिया , रामजी प्रजापति , राजु प्रसाद यादव , सद्धाम हुसेन अन्सारी र साेनु शर्मा रहनुभएकाे छ ।

साथै महान पर्वहरुकाे उपलक्ष्यमा शुभकामना अर्दानपर्दान कार्यक्रम पनि सम्पन्न भएकाे हाे भने कार्यक्रम सञ्चालन महेश यादवले गर्नुभएकाे थियाे ।

No description available.

No description available.

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!