रोल्पामा नेकपा एमालेका जिल्ला सदस्यहरुसहित ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यसरी प्रवेश गर्नेहरुमा एमालेका जिल्ला सदस्य तथा साविक नुवागाउँ गाविसका निर्वाचित अध्यक्ष शान्तराज बोहरा, जिल्ला कमिटी सदस्य टेकबहादुर घर्ती मगर, त्रिवेणाी गाउँपालिका सदस्य ङनमानसिङ बुढा मगर लगाएत रहेका छन् ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रोल्पा इञ्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले माओवादी केन्द्रमा प्रवेश गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुनले जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आएका पुराना नेताहरुको प्रवेशले त्रिवेणी गाउँपालिका र समग्र रोल्पाको राजनीतिमा थप सकारात्मक उर्जा प्राप्त हुने बताउनुभयो ।

नवप्रवेशी बोहराले एमालेमा बसेर ३२ बर्षसम्म त्याग र समर्पण गरेको अब माओवादी केन्द्रबाट प्रयोग गर्ने बताउनुभयो । आफै निरन्तर जनताको सेवामा लाग्ने अटोठ व्यक्त गर्दै उहाँले एमालेबाट अब अग्रगमनको नेतृत्व हुन नसक्ने भएकाले सो पार्टी छाडेको बताउनुभयो ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!