मोरङ्ग- मोरङ्ग उर्लावारी २ भुसीका १२ वर्षका विकल शेर्पालाई गाँउ आसपासमा कोहि विदेश वाट फर्किए भने आफ्ना वुवाको खवर पनि ल्याएकि भन्ने आस लाग्छ । ६ कक्षामा पढदै गरेका उनलाई गाँउमा मात्रै नभइ नजिकका कुनै गाँउमा अरप वाट कोहि फर्किए भने आफ्ना वुवाको वारे जानकारी ल्याउलान कि भन्ने आश मरेको छैन । विकलकी हजुरआमा मिना शेर्पालाई पनि हराएका छोरा फर्किएर आउलान कि भन्ने आश अझै जिवित नै छ ।
वुढेसकालका साहारा मानेका मिनाका दुई छोराहरु नै अहिले साथमा छैनन् । जेठा छोरा हराएको पिडा खेपेकी शेर्पाले कमाउन मलेसिया गएको कान्छो छोरा विक्रम शेर्पा पनि ३ वर्ष देखि परिवारको सम्पर्क वाहिर भएपछि थप चिन्ता थपिएको छ । मिनाका श्रीमानको जण्डीसका कारण १२ण् वर्ष अघि नै मृत्यु भइसकेको छ । मिनाको पिडा कम छैन् । २ नातीलाई हुर्काउदै आएकी उनमा कान्छो छोरो अझै फर्किएर आउने आस मरेको छैन् ।
५ वर्ष अघि रोजगारीका सिलसिलामा मलेसिया गएका विक्रमले ३ वर्ष देखी घरमा फोन गरेका छैनन् । वुवा फर्र्किएर आउने आश राखेका विकलले विदेश वाट फर्किने जो सुकैलाई आफ्ना वुवाको वारेमा सोधेर हैरान वनाउने गरेको मिना शेर्पा वताउछिन् । ‘नयाँ मान्छे आउनै हुन्न वुवाका वारेमा जानकारी छ कि भनेर सोध्न पुग्छ’ शेर्पाले भनिन् ‘के भनेर सम्झाउने म सक्दिन’ । विकलकी आमाको ७ वर्ष अघि नै न्युमोनियाका कारण मृत्यु भइसकेको छ ।
विक्रमले सामाजिक सन्जालमा २ वर्ष अघि एक सेक्युरेटी कम्पनीमा काम गरेको पोशाक सहित को फोटो पोष्ट गरेको भेटिए पनि त्यस पछि उनको वारेमा कसैलाई जानकारी छैन् । व्ल्याक ह्युमर सेक्युरेटी कम्पनीको पोषाक लगाएर खिचेको तस्विर नै मिनाले उनको घरमा जानेलाई देखाउने तस्वीर हो ।
श्रीमानको मृत्यु पछि साहारा वनेका दुवै छोरा वेपत्ता वनेपछि मिनालाई वुडेसकाल लाग्न थालेपछि थप चिन्ताले सताउन थालेको छ । शरिरमा तागत हुन्जेल त नजिकको जंगल वाट घास वोकेर वाख्रा पाठा पालेर घर व्यावहार चलाउथे अहिले विरामले च्याप्न थालेपछि केहि गर्ने आस नै मरेको उनको भनाइ छ । पछिल्लो समय विरामीले थलिएकी शेर्पालाई दुवै छोरा फर्किदिए हुन्थ्यो भएको छ ।
६ महिनाका नाती छोडेर हिडेका जेठा छोरा अहिले सम्म फर्किएका छैनन् भने कान्छा छोरा पनि मलेसिया कमाउन गएको आत्तोपत्तो नहुदा थप चिन्ता थपिएको छ । श्रीमानको मृत्यु संगै पिडा खेप्न थालेकी शेर्पालाई त्यहि वाट दुःखका दिन सुरु भए ।
शेर्पा अहिले विरामी छिन् । नशाको रोगी वनेकी उनलाई चिकित्सकले आराम गर्ने सल्लाह दिएका छन् । एक झोला औषधी देखाउदै उनले भनिन् मैले आराम गरे भने मेरा दुइवटा नाती भोकै हुन्छन् । विरामी वनेको छु यस्तो वेला त छोराले फोन गरे पनि आधा रोग कम हुन्थ्यो कि?
शेर्पाका घरमा पुग्ने जोकोहिलाई सोध्ने गर्छिन मेरो कान्छो फर्किन्छ कि? मलेसियामा भएका नेपाली दुतावास, नेपाली संघ सस्थालाई शेर्पाले छोरोको अवस्था पत्ता लगाइदिन आग्रह गरेकी छन् ।