
काठमाडाैं- जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता डा. बाबुराम भट्टराईले कालो धनलाई कालै धनको रुपमा राख्नु भन्दा बाहिर ल्याएर उत्पादन र रोजगारी सिर्जना गर्ने गरेर लगानी गरिनु उपयुक्त हुने जनाएका छन् ।
संसदबाहिर पत्रकारहरुसंगको कुराकानीको क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘कालो धनलाई कालै राख भन्नु भन्दा बैधानिक बनाउ भन्नु राम्रो हो । यहाँ त कालो धनले कालै काम गर्ने प्रवृत्ति छ । त्यसोभा हुनाले केपी ओलीजी ले महारथ हासिल गर्नु भो । यति ओम्नीदेखि लिएर दशाैं परकरण गरेर कालो धनलाई झन कालो बनाउनु भो ।
कमसेकम यो सरकारले कालो धनलाई बाहिर ल्याउ र राष्ट्रिय लगानीको रुपमा प्रयोग गर भनेको छ भने यो राम्रो कुरा हो ।’यस्तै, भट्टराईले कालो सेतो जे सुकै भएपनि उत्पादनमुलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गरेर विकास गर्ने काम सहि विषय भएको भन्दै सरकारको निर्णयको बचाउ गरेका हुन् ।
नेकपा एमालेले सरकारको यो निर्णयको विरोद गर्दै आइरहेको छ । एमालेको विरोधलाई कालो धन राखेर कमिसन खाने प्रपञ्चको रुपमा प्रयो हुनसक्ने उनको टिप्पणी थियो ।एमालेले संसदीय सर्वोच्चता कायम गर भन्नु निर्लज्जता भएको भन्दै यस्ता विषयमा कुनै टिप्पणी गर्न आवश्यक नभएको उनले जनाए ।