बिनाेद मण्डल,७ असोज- नेपालको राजनीतिक इतिहासमा उथलपुथल र कालो दिनको सुरुवात भइरहँदा अाम जनता सडकमा आएर आफ्नो पराक्रमको कारणले विगतका तानाशाहीलाई जितेर नौलो इतिहासको रेखा कोर्दै आएको छ । बदलिँदो परिवेशमा पटक पटक नेपालमा नरसंहार पनि भएकै हो । तर आज लोकतान्त्रिक अभ्यासमा लागेका नेपाल र नेपाली जनता राजनीतिक हिसाबले स्वतन्त्र रूपमा यतिबेला अघि बढिरहेका छन् ।
आउँदो चुनावलाई मध्यनजर राख्दै देशका गाउँ गाउँमा पार्टी सङ्गठनले यतिबेला राजनीतिक ध्रुविकरणको बीच संगठन विस्तारमा लागेका छन । नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं ६ सनईमा २१ सदस्यी कार्य समिति गठन गरिएको हो ।
भूपाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिति पार्टी केन्द्रीय सदस्य पुरण चौधरी ,विशिष्ट अथिति मुकुर जी गिरी लगायत जिल्लाका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यसमितिमा निम्न सदस्यहरू चयन गरिएको पार्टी प्रवक्ता रामाज्ञा पाण्डेले जानकारी दिनुभयो ।
अध्यक्ष – जीलेदार पठान
उपाध्यक्ष – जोगिन्द्र सहनी
सचिव – व्यासमुनी चौधरी
सहसचिव – मोहन चौधरी
कोष अध्यक्ष – जोखनी चौधरी लगायत २१ कार्य समिति चयन भई कार्यक्रम सम्पन्न भएको उक्त पार्टीले जनाएको छ ।