विनोद मण्डल ,असोज १- नगरमा युवा नेता दिलीप लामा राजनीतिक छलफलमा व्यस्त भएका छन् ।

नेकपा एमालेका लाल किल्ला भनेर चिनिएका साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ खुट्टी खोलाको सोमबारे बस्तीमा जनता समाजवादी पार्टीको अाम भेला सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टीका यूवा नेता दिलीप लामाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय विजय कुमार यादव लगायत जिल्लाका बरिष्ट नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा १७ सदस्य वडा कमिटी गठन भएको छ ।

खुटी खोलाको सोमबारेमा आयोजित कार्यक्रममा धनगढी माई १४ को वाडा सदस्य हिरादेवि मगरले एमाले पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ । सयौ अाम मानिसको उपस्थितिका बीच आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता हरु यस पार्टीमा प्रवेश गरेका थिए जहाँ टीका लगाएर माननीय विजय कुमार यादवले नव प्रवेशीलाई अबिर लगाएर स्वागत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय