प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । उनले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरुलाई आग्रह गरेका थिए भनि रातोपाटी मा लेखिएको छ।

मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको उनको भनाइ छ ।

आजको बैठकमा बहु विवादित एमसीसीको सन्दर्भमा भने गठबन्धनका नेताहरु कुनै छलफल नभएको पौडेलले दावी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय