काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी सर्कुलर जारी गरेका छन्। उनले आइतबार जारी गरेको सर्कुलरमा नेपाली कम्युनिष्ट आन्दोलनलाई निरङ्कुशएवम स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद, गुटवन्दी र दक्षिणपन्थी अवसरवादको भासमा डुव्नबाट बचाउन र क्रान्तिकारी धारको रक्षा र विकास गर्न एकीकृत समाजवादीको पार्टीको उदय भएको उल्लेख गरिएको छ।
विशेषगरी नेपालले जारी गरेको सर्कुलरमा एमाले अध्यक्ष ओलीमाथी पार्टी विभाजनमा उद्दत रहेको आरोप लगाइएको छ। केपी ओलीको विखण्डनकारी अडानकै कारणले पार्टी एकता जोगाउन नसकेको बताइएको छ। ‘सर्वोच्च अदालतले दुवै पार्टीलाई पूर्ववत् अवस्थामा अर्थात् २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्काइदियो।
यसरी पूर्ववत् अवस्थामा फर्काइएपछि पनि पार्टी एकता कायम राख्नका निम्ति पहल गर्न सकिन्थ्यो। अदालतले एकता गर्ने भए अर्को नाम लिएर १५ दिनभित्र आउन भनेकै थियो। केपी ओलीले एकता जोगाउन कुनै पहल गरेनन्।’ सर्कुलरमा भनिएको छ।
पार्टी एकता कायम राख्न ओलीले ०७५ जेष्ठ २ गतेको अवस्थामा अघि नबढेको आरोप लगाएका छन्। ओलीको दक्षिणपन्थी एवम् बिसर्जनवादी सोच र सिंगो पार्टी कब्जा गर्ने तथा आफ्नो एकलौटी वर्चस्व कायम राख्ने चाहनाले एमालेलाई विघटन गर्ने दिशामा लगेको भनिएको छ।
सर्कुलर हेरौ-