काठमाडौं- नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमाले विभाजनका विषयमा मुख खोलेका छन् । एमाले विभाजन हुनुका पछाडीका बहुआयामिक कारणहरु बारे महासचिव मैनालीले खुलस्त पारेका छन्।
ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीका क्रममा माले महासचिव मैनालीले माधव कुमार नेपाल इण्डो पश्चिमा शक्तिको भरिया भएर एमाले विभाजन गराएको आरोप लगाएका छन् । अहिलेको सत्ता गठबन्धन इण्डो पश्चिमाको आडमा बनेको भन्दै मैनालीले माधव नेपाल पनि त्यसको एक हिस्सेदार भएको बताए ।
केपी ओलीले आफ्नो मिसनमा साथ नदिने बुझे पछि ओलीलाई ढलाएर इण्डो पश्चिमा शक्तीलेनै अहिलेको सरकार बनाएको दावी गर्दै माले महासचिव मैनालीले माधव नेपाल पनि पश्चिमाको मिसनमा समावेश भएको बताए । माधव नेपाल त्यो शक्ति सँग फसिसकेका कारण एमाले विभाजन गराएको उनको जिकीर छ ।
मालिकको आदेश नै त्यहि भए पछि पार्टी विभाजन गर्नुको अर्को उपाय माधव नेपाल सँग नरहेको पनि मैनालीले बताए । हिजो माधव नेपाललाई साथ दिँदै आएका गतिला नेताहरु कसैले साथ नदिँदा पनि माधवले के खान पार्टी फुटाए तर प्रश्न उठ्छी की उठ्दैनन त भन्दै मैनालीले यस बाट पनि माधव नेपाल को बाट संचालित छन् भन्ने पुष्टि हुने बताए ।
पार्टीका नेता कार्यकता कसैले पनि पार्टी विभाजन गर्न नहुने भन्दा भन्दै अन्यन्तै सानो टिम लिएर पनि पार्टी विभाजन गर्ने जोखिम माधव नेपालले किन उठाए ? उनलाई पार्टीनै विभानज गर्नु पर्ने व्याध्यता के हो ? यसबाट पनि बुझ्न सकिन्छ नी उनी अन्त कतैको दवावमा छन् मैनालले भने ।
नेकपा हुँदा नै प्रचण्डले केपी ओली विरुद्ध ल्याएको १९ पन्ने आरोप पत्र देखीनै पार्टी विभाजनको रुपरेखा कोरिएको भन्दै महासचिव मैनालीले आलीलाई सिध्याउँन प्रचण्ड र माधव नेपाल विदेशीको मतियार भएको उनले बताए । त्यस बेला देखीने अब यिनीहरु सँगै बस्दैनन् जस्तो आफुलाई लागेको पनि उनले बताए।
२०३९ सालको प्रसंग सम्झँदै माले महासचिव मैनालीले त्यस बेला आफुलाई हुँदै नभएको आरोप लगाउँदै कहिल्यै उठ्न नसक्ने गरि थला पार्ने अपराधको नेतृत्व पनि माधव नेपालले गरेको र अहिले केपीलाई पनि सोही किसीमले सिध्याउँने खेलमा पनि उनीनै लागेको बताए । ३९ सालमा मलाई सिध्याउने माधव नेपाल अहिले आफै सकिए मैनालीले भने ।
(ओटीभीनेपालबाट)