काठमाण्डौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र एमाले वरिष्ठ नेता माधव कुमार नेपाल बिच कोटेश्वरमा भेटबार्ता चलिरहेको छ ।

नेपाललाई भेट्न प्रचण्ड आज साँझ पुनः नेपालको कोटेश्वरस्थित निजि निवासमा पुगेका हुन ।भ‍ेटमा सरकारमा सहभागिता र नयाँ पार्टी निर्माणबारे कुराकानी हुने स्रोतले जनाएको छ ।

प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता निरन्तर वार्ता भइरहेका छन् । माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार समेत प्रचण्डले रोकेको बताइन्छ् ।

एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल समुहले निष्कर्ष निकालेकै बेला प्रचण्ड माधव छलफल लाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय