मोरङ, लेटाङ — लेटाङ नगरपालिका वडा नम्बर-३ कमलपुरमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत कमलपुर सामुदायिक वनको सभाहलमा विशेष कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना कमलपुर सामुदायिक वन उपभोक्ता समूहले गरेको हो, भने सह–आयोजनामा सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ नगरले गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन महासंघकी केन्द्रिय उप–सचिव सीता श्रेष्ठ रहेकी थिइन्। यस्तै विशेष अतिथिमा सामुदायिक वन जिल्ला महासंघ मोरङकी कोषाध्यक्ष इन्दु चौधरी, सामुदायिक वन लेटाङ नगर महासंघका अध्यक्ष आनन्द सागर तिम्सिना, लेटाङ–३ का वडा सदस्य नगेन्द्र पराजुली, शरणकुमारी बिक, इलाका प्रहरी कार्यालय लेटाङका प्रतिनिधि भुपाल तामाङ लगायतको उपस्थितिले रहेको थियो।
कार्यक्रमको अध्यक्षता कमलपुर सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठले गरेका थिए। साथै जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राई, चिसाङ सामुदायिक वनका अध्यक्ष इन्द्र घले, कीर्तिमान सामुदायिक वनकी सचिव कुमारी बानियाँ, नमुना सामुदायिक वनका अध्यक्ष भिम देवान, कमलपुर सामुदायिक वनका पुर्बअध्यक्ष कल्पना राई (लिम्बू) लगायतको सक्रिय सहभागिता रहेको थियो।
वक्ताहरूले लैङ्गिक हिंसा विरुद्ध सामुदायिक वनले उठाएको पहलप्रति धन्यवाद व्यक्त गर्दै समाजमा तीव्र रूपमा बढ्दै गएको डिजिटल हिंसा, सामाजिक बहिष्कार, अपाङ्गता भएका व्यक्तिहरू तथा एकल महिलामाथि हुने विभेदजस्ता मुद्दामा गम्भीर हुन आवश्यक रहेको बताए। सामाजिक संजालको दुरुपयोगबाट उत्पन्न हुने जोखिमबारे सचेत गराउँदै सम्बन्ध आपराधिक रूपसम्म पुगेका घटनाका उदाहरणसमेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सामुदायिक वन महासंघ कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौलाको विशेष उपस्थिति तथा सुझाव रह्यो।भने कार्यक्रम सञ्चालन नरमाया तामाङले गरेकी थिइन्।










